Loktantra Khabar National Weekly
Ad

सुनको भाउ स्थिर

लोकतन्त्र खबर
२८ जेष्ठ २०८१

काठमाडौं जेठ २८ , आइतबार तोलाको ४ हजार रुपैयाँले घटेको सुनको भाउ सोमबार स्थिर छ । शनिबार अन्तर्राष्ट्रिय बजारमा गिरावटसँगै आइतबार एकैदिन ४ हजार घटेको थियो ।

तर, आइतबार अन्तर्राष्ट्रिय बजारमा बन्द हुने सुन कारोबारले सोमबार नेपाली बजारमा आइतबारकै मूल्यमा सुन कारोबार भइरहेको छ ।

सोमबार छापावाला सुन तोलाको १ लाख ४१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलाको १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदीको मूल्य पनि स्थिर छ । आइतबार तोलाको १ हजार ८ सय २५ रुपैयाँ रहेको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: