Loktantra Khabar National Weekly
Ad

कार्तिक आर्यनसँग सेल्फी खिच्ने चक्करमा ८२ लाख स्वाहा

लोकतन्त्र खबर
२७ जेष्ठ २०८१

बलिउड अभिनेता कार्तिक आर्यनको एक महिला फ्यानले उनलाई भेटेर सेल्फी खिच्ने आसमा ८२ लाख रुपैयाँ खर्च गरेकी छन् । तर, उनले त्यतिका पैसा खर्च गरे पनि आर्यनलाई भने भेट्न सकिनन् ।

वास्तवमा यो घटना मुम्बई प्रहरीमा उजुरी परेपछि सार्वजनिक भएको हो । मुम्बईमा कार्तिककी एक महिला फ्यान छिन्, जसले उनीसँग भेट्नका लागि झन्डै ८२ लाख रुपैयाँ खर्च गरिन् तर, कार्तिकलाई भेटाइदिन्छु भनेर पैसा असुल्ने व्यक्ति ठग निस्किए ।

हालैमात्र अम्बोली पुलिसले ती ठगलाई पक्रिए, जसले बलिउड स्टारलाई भेटाइदिने प्रलोभनमा उनीहरूका फ्यानबाट मोटो रकम लिएर फरार हुन्थे । ती व्यक्तिले बलिउडका स्टारसँग आफ्नो गहिरो सम्बन्ध रहेको दाबी गर्दै मोटो रकम असुल्ने गरेको प्रहरीले जनाएको छ ।

पीडित महिलाका अनुसार कृष्णाले कार्तिक आर्यनलाई भेटाइदिन्छु भन्दै ती व्यक्तिले पैसा असुलेको र आफूले फिर्ता माग्न खोज्दा बेपत्ता भएका थिए । त्यसपछि उनको उजुरीका आधारमा प्रहरीले एक विशेष टिम बनाएर कृष्णालाई बेंगलुरुको ताज वेस्ट एण्ड होटलबाट पक्राउ गरेको थियो ।

गोरेगाउँकी ती महिलासाग सन् २०२२ मा कृष्णा शर्मा नामका एक ठगले ८२ दशमलव ७५ लाख रुपैयाँ असुलेका थिए । २९ वर्षे ठगकृष्णाले आफ्नो कथित फिल्म ‘लभ इन लन्डन’मा लगानी गरेमा आफूले कार्तिक आर्यनलाई भेटाइने भन्दै झुटो आश्वासन ती महिलालाई  दिएका थिए ।

प्रहरीका अनुसार कृष्णाविरुद्ध अम्बोली, वकोला, मुम्बई हवाई अड्डा, दिल्लीको कोनोट प्लेस र चेन्नईको ई ३ तेनाम्पेटको प्रहरी थानामा कैयौँ धोखाधडीको मुद्धा छन् । प्रहरीमा उनी विरुद्ध परेको उजुरीमा सन् २०२२ देखि जुलाई २०२३ बिच उनले किस्तामा ८२ दशमलव २५ लाख रुपैयाँ प्रोडक्सनलाई आवश्यक भन्दै असुलेका थिए ।कृष्णाविरुद्ध प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

अभिनेता आर्यनको यही जून १४ मा फिल्म ‘चन्दु च्याम्पियन’ रिलिज हुँदै छ । फिल्मलाई लिएर उनका फ्यान उत्साहित छन् । यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: