Loktantra Khabar National Weekly
Ad

उच्च मूल्यबाट एकैदिन ४ हजार घट्यो सुनको भाउ

लोकतन्त्र खबर
२७ जेष्ठ २०८१

काठमाडौं जेठ २७ , आइतबार एकैदिन सुनको भाउ तोलामा ४ हजार रुपैयाँ घटेको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । आइतबार भने ४ हजार घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा ७५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८२५ रुपैयाँमा झरेको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: