Loktantra Khabar National Weekly
Ad

हुरीले पोल ढाल्दा वीरगन्जमा ९ घण्टादेखि विद्युत् आपूर्ति बन्द

लोकतन्त्र खबर
२४ जेष्ठ २०८१

गएराति आएको हावाहुरीले बिजुलीका पोल ढाल्दा वीरगन्ज र आसपास क्षेत्रमा नौ घन्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ।

गर्मी याममा बिजुली नहुँदा स्थानीयको जनजीवन नराम्ररी प्रभावित भएको छ।

बिहीबार राति एक बजेतिर आएको हुरीले ढालेका पोल उठाउन युद्धस्तरमा काम भइरहेको नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले बताए।

आज अपराह्नसम्ममा बिजुली आपूर्ति सुरु हुने जानकारी उनले दिए। वीरगञ्ज र आसपासका क्षेत्रमा बिजुलीका ५६ हजार ग्राहक छन्। वीरगन्ज क्षेत्रमा अहिले वर्षा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्: