कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रको योगदान ७ प्रतिशत पुर्याउने लक्ष्यसमेत १६औं योजनाले लिएको छ । अहिले पर्यटनको योगदान जीडीपीमा २ प्रतिशतमात्र छ । यस अवधिमा द्विपक्षीय हवाई सेवा सम्झौता भएका मुलुक संख्या ४८ पुर्याउने लक्ष्य छ ।
जीडीपीमा पर्यटन क्षेत्रको योगदान बढाउन पर्यटन क्षेत्रबाट मूल्य अभिवृद्धिमा सुधार गर्दै आम्दानी बढाइने उल्लेख छ ।
दिगो विकासको मर्म अनुसार नेपालको पर्यटन उद्योगलाई पर्यापर्यटनसँग जोड्ने, स्वदेशी तथा विदेशी लगानी आकर्षित गरी पर्यटकीय पूर्वाधार विकास र विस्तार गरिने छ ।
स्थानीय स्तरमा उत्पादन भएका पर्यटकीय उपजको व्यावसायीकरण गर्ने, पर्यटनबाट प्राप्त लाभको समन्यायिक वितरण गर्ने र पर्यटनको लाभ स्थानीय स्तरसम्म पु¥याइने समेत रणनीति छ । अनलाइन खबर