Loktantra Khabar National Weekly
Ad

सुन फेरि उच्च मूल्यमा, एकैदिन १८ सय बढ्यो

लोकतन्त्र खबर
२४ जेष्ठ २०८१

काठमाडौं जेठ २४ , दुई दिनमै सुनको मूल्य रेकर्ड ब्रेक भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार तोलामा १८ सय रुपैयाँ भाउ बढेको हो । बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन आज बिहीबार १ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

यसअघि मंगलबार हालसम्मकै उच्च तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा भने जेठ ७ गते उच्च मूल्य प्रतिऔंस २४५० डलरसम्म पुगेको सुन बिहीबार (साढे १० बजे) २३६८ छ । नेपालमा बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि अन्तर्राष्ट्रियभन्दा उच्च दरले सुन महँगिएको हो ।

चाँदीको भाउ बिहीबार तोलामा २५ रुपैयाँ बढेर १८५० रुपैयाँ कायम भएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: