Loktantra Khabar National Weekly
Ad

मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

लोकतन्त्र खबर
२२ जेष्ठ २०८१

वीरगन्ज । कांग्रेस मधेस प्रदेशले मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । कांग्रेसको आज बसेको संसदीय दलको बैठकले जसपा नेतृत्वको सरकारलाई विश्वासको मत दिन निर्णय गरेको हो ।

संसदीय दलका प्रमुख कृष्णा यादवले डाँकेको बैठकले भोली सदनबाट मुख्यमन्त्री यादवले लिनको लागेको विश्वासको मतमा जसपा नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी प्रदेश सांसद श्याम पटेलले पाँचौँ पटको विश्वासको मतमा मुख्यमन्त्री यादवको पक्षमा समर्थन गर्ने निर्णय भएको बताए ।

उनका अनुसार देशको राजनीति परिस्थितिलाई मध्यनजर गर्दै कांग्रेस मधेसले मुख्यमन्त्री यादव सरकारको पक्षमा मतदान गर्ने निष्कर्ष निकालेको हो ।

मधेस प्रदेश सभामा कांग्रेसका २२ जना प्रदेश सांसद छन् । जसपासँग कग्रेस उभिएपछि यो दलका सांसदहरूको सङ्ख्या ४१ पुगेको छ । सरकार निर्माणका लागि ५४ सांसदको समर्थन आवश्यक छ ।

एमाले र माओवादी सरकारबाट समर्थन फिर्ता लिएपछि त्यसको २५ औँ दिनमा मुख्यमन्त्री यादवले सदनबाट विश्वासको मत लिन लागेका हुन ।

मुख्यमन्त्री यादव आफ्नै नेतृत्वमा सरकार रहनेमा अझ पनि विश्वस्त छन् । यद्यपि, विपक्षी दलहरूले भने केन्द्रको सत्तारुढ दलहरूको सहकार्यमा नयाँ सरकार बन्ने बताइरहेका छन् ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: