Loktantra Khabar National Weekly
Ad

सुनमा उच्च मूल्य रेकर्ड, एकैदिन १७ सय बढ्यो

लोकतन्त्र खबर
२२ जेष्ठ २०८१

काठमाडौं जेठ २२, मंगलबार सुनको भाउ तोलामा १७ सय रुपैयाँ बढेको छ । सो वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ४१ हजारमा कारोबार भएको थियो । यसअघि शुक्रबार सुनको भाउ १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भएकोमा आज १ हजार ८६० रुपैयाँ कायम भएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: