Loktantra Khabar National Weekly
Ad

बिग बोस ओटीटी-३ मा सलमानको स्थानमा आउँदैछन् अर्का अभिनेता

लोकतन्त्र खबर
२० जेष्ठ २०८१

चर्चित रियालिटी शो ‘बिग बोस’ यसपटक जुनमा सुरु हुनेछ । तर, अहिलेसम्म यसको मिति भने खुलासा गरिएको छैन । ‘बिग बोस ओटीटी ३’ मा यसपटक बलिउड अभिनेता सलमान खान देखिने छैनन् । उनको स्थानमा अब अनिल कपूर यस रियालिटी शोलाई होस्ट गर्दैछन् । हालै निर्माताहरूले यसको प्रोमो जारी गरेका छन् ।

‘बिग बोस ओटीटी ३’ को दर्शकहरूलाई तीव्र रूपमा पर्खाइ थियो । आखिर कार्यक्रमको प्रोमो आइसकेको छ । तर, यो प्रोमोलाई देखेर सलमान खानका प्रसशंकहरूलाई झट्का लाग्न सक्छ । यो प्रोमोमा सिधा नदेखिएपनि कार्यक्रमका होस्ट खान नभएर कपूर स्पष्ट चिनिन्छन् ।

खबरअनुसार कपूरले ‘बिग बोस ओटीटी ३’ को हिस्सा बन्नका लागि एक एपिसोडका लागि दुई करोड रूपैंया फिस लिएका छन् । जबकी यो शोका लागि सलमान खानले एउटा एपिसोका लागि मात्र १२ करोड रूपैंया लिने गर्थे । अनिल कपूरका प्रशंसक भने उनलाई यस शो मा देख्नका लागि उत्साही छन् ।

यदी शो मा देखिने प्रतियोगीहरूको कुरा गर्ने हो भने, यसपटकको ओटीटी सीजनमा आशीष शर्मा, प्रतीक्षा होनमुखे, शहजादा धामी, विक्की जैन, शीजान खान र अरहान खान बहल देखिन सक्छन् । तर, यी नाममध्ये कुनै पनि नाम आधिकारिक रूपमा पनि पुष्टि भएको छैन । यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: