Loktantra Khabar National Weekly
Ad

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

लोकतन्त्र खबर
१८ जेष्ठ २०८१

बर्दिया । बढैयाताल गाउँपालिका-५ खैसास्थित माछा पोखरीको डिलमा रहेको झुपडीमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ बस्ने ३६ वर्षीय राजु सुनार समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ६ सय ८५  रूपैयाँ, ३४ बुक तास र ६५ वटा कौडासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: