Loktantra Khabar National Weekly
Ad

अवनीत कौरले गरिन् इन्गेजमेन्ट !

लोकतन्त्र खबर
१७ जेष्ठ २०८१

बलिउड अभिनेत्री अवनीत कौर प्रायः हेडलाइनमा छाइरहन्छिन् । हालै अभिनेत्री कान्स फिल्म फेष्टिवलमा देखिएकी थिइन् ।

उनको कान्स लूक र ड्रेसको निकै तारिफ भएको थियो । यतिबेला अवनीतको अर्को तस्वीर सामाजिक सञ्जलामा भाइरल भइरहेको छ । फोटोमा अवनीतले साहिली औंलामा औठी लगाएकी छिन् ।

मंगलबार इन्ष्टाग्राममा शेयर गरेको तस्वीरमा अवनीत गुलाबी ड्रेस देखिएकी छिन् । अभिनेत्रीको औंलामा औठी देखेपछि उनले इन्गेजमेन्ट गरेको अनुमान बढिरहेको छ ।

‘राम्रो चिजका लागि समय लाग्छ । यो मिलनबारे सारा संसारलाई बताउन अति नै उत्सुक छु,’ भनेर पोष्टमा लेखेकी छिन् । यो पोष्ट केही क्षणमा भाइरल भएको थियो ।

उनको यो पोष्टमा फ्यानहरुले अनेकौं प्रश्न गरिरहेका छन् । धेरैको चासो अभिनेत्रीले इन्गेजमेन्ट गरेको हो कि भन्नेमा छ । यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: