Loktantra Khabar National Weekly
Ad

हार्दिक र नताशाबिच सम्बन्धविच्छेदको अड्कलबाजी

लोकतन्त्र खबर
१५ जेष्ठ २०८१

भारतीय क्रिकेट टोलीका अलराउन्डर हार्दिक पाण्ड्याकी पत्नी नताशा स्टान्कोभिकले आफ्नो इन्स्टाग्रामबाट पाण्ड्या थर हटाएकी छिन् । यसपछि सामाजिक सञ्जालमा उनीहरूको सम्बन्धविच्छेदको अड्कलबाजी भइरहेको छ ।

यसपटक नताशा आईपीएलबाट पूरै गायब थिइन् । नताशा मुम्बईको कुनै पनि खेलमा चियर गर्न स्टेडियम आएकी थिइनन् । यसपछि उनीहरूको सम्बन्धमा दूरी बढेको अनुमान गरिएको थियो । यद्यपि दुवै पक्षबाट अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन ।

यसैबिच नताशा मुम्बईमा देखिएकी थिइन् । यसै क्रममा जब रिपोर्टरले उनलाई सम्बन्धविच्छेदको बारेमा सोधे, नताशाले आक्रोशित हुँदै भनिन्, ‘धेरै धेरै धन्यवाद’।

नताशा र हार्दिकको विवाह ३१ मे २०२० मा भएको थियो । दुवैले गत फेब्रुअरीमा भ्यालेन्टाइन डेको अवसरमा परम्परागत रीति–रिवाजमा विवाह गरेका थिए । राजस्थानको उदयपुरमा भव्य विवाह समारोह सम्पन्न भएको छ । उनीहरूको एक छोरा छन् ।

नताशा स्टानकोविचको जन्म ४ मार्च १९९२ मा सर्बियामा भएको थियो । बलिउडमा उनको पहिलो फिल्म सत्याग्रह थियो। यसबाहेक उनी बिग बोस ८ र नच बलिए ९ मा पनि प्रतियोगीका रूपमा देखिएकी थिइन् । उनले बादशाहको गीत डीजे वाले बाबुबाट निकै चर्चा पाएकी थिइन् । यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: