‘फर्की फर्की’ र ‘पुजार सार्की’को ओपनिङ कस्तो रह्यो ?
बुद्ध जयन्तीको सन्दर्भमा बिहीबारदेखि रिलिज भएका अनमोल केसी स्टारर ‘फर्की फर्की’ र प्रदीप खड्काको ‘पुजार सार्की’ले घरेलु बक्स अफिसमा उत्साहजनक ओपनिङ गरेका छन् ।
भिन्न जनरामा बनेका यी दुई फिल्मले पहिलो दिन लक्षित दर्शकलाई केही हदसम्म हलसम्म तान्न सके । ‘फर्की फर्की’ हेर्न बिहीबार युवापुस्ताको घुइँचो लाग्यो भने ‘पुजार सार्की’ हेर्न सबै उमेर समूहका दर्शक हलमा पुगेका थिए ।
महत्वपूर्ण कुरा अभिनेता अनमोल केसीलाई ‘फर्की फर्की’को ओपनिङले ठूलै राहत दिएको छ । ‘छड्के २’ मा गुमेको उनको स्टारडम ‘फर्की फर्की’सँगै फिर्ता भएको अनुमान गरिएको छ ।
‘पुजार सार्की’लाई आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको दर्शकीय क्रेजले ओपनिङमा मद्दत मिलेको अनुमान छ । शुक्रबारदेखि पाँचौं सातामा प्रवेश गरेको ‘बोक्सीको घर’ले पनि सीमित हलमा राम्रै कमाइ गर्ने अनुमान छ । चौथो बिहीबार समेत ‘बोक्सीको घर’को केही शो हाउसफुल थिए । अनलाइन खबर