Loktantra Khabar National Weekly
Ad

सिरोहिया प्रकरण : धनुषा अदालत अगाडि प्रहरी र नागरिक समाजका अगुवाबिच घम्साघम्सी

लोकतन्त्र खबर
९ जेष्ठ २०८१

वीरगन्ज । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला सरकारी वकिलको कार्यालय धनुषामा लगिएको छ । सो क्रममा नागरिक समाज धनुषासहित सङ्घ संस्थाले सिरोहिया पक्राउको विरोधमा नाराबाजीसहितमा प्रदर्शन गरेका छन् ।

सिरोहियालाई पक्राउ गरेको विरोधमा नागरिक समाज धनुषाको ब्यानरमा उद्योग वाणिज्य सङ्घ र नेविसंघका कार्यकर्ता धनुषा अदालत अगाडि प्रदर्शन र नाराबाजी गरेका हुन् ।

राजनीतिक प्रतिशोध साधिएको भन्दै नाराबाजी र प्रदर्शन गर्दै प्रहरी घेरा तोड्न थालेपछि प्रहरीसँग विवाद भएको छ ।

सिरोहिया समर्थनमा आएको नागरिक समाजले सरकारविरुद्ध नाराबाजी गर्दै अदालत अगाडि जान खोज्दा प्रहरीले रोक्ने क्रममा घम्साघम्सी भएको हो ।

नेविसंघ कार्यकर्ताहरूले प्रदर्शन गर्दै प्रहरीको घेरा तोड्न खोजेपछि प्रहरीले रोक्दा घम्साघम्सी भएको प्रहरीले जानकारी दिएको छ ।

आज सरकारी वकिलको सोधपुछ बहस हुने अदालती प्रक्रिया रहेको जनाइएको छ । त्यसपछि म्याद थप गर्ने वा के गर्ने सन्दर्भमा निचोड आउने धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले जनाए । रातोपाटी संवाददाता

 

प्रतिक्रिया दिनुहोस्: