![](https://www.loktantrakhabar.com/wp-content/uploads/2024/05/arrest_pakrau_jail_cartoon_xlgnwxprtw_ESXMmoARYl.webp)
मोरङ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका-६ सितापुरी टोल बस्ने ४८ वर्षीय ज्ञान बहादुर मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
मगरले ती बालिकालाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रातोपाटी संवाददाता
प्रतिक्रिया दिनुहोस्: