लोकतन्त्र समाचारदाता—
सर्लाही,जेठ ४
जिल्ला हुलाक कार्यालय सर्लाहीले ६७ जना अनिवार्य अवकाश प्राप्त अतिरिक्त हुलाक कर्मचारीहरुको विदाई गरेको छ।
सदरमुकाम मलंगवास्थित कार्यालयको प्रांगणमा बिहिवार आयोजित बिदाइ समारोह कार्यक्रममा उनीहरूलाई विदाई गरिएको हो।
हुलाक प्रमुख शम्भु ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा सर्लाही जिल्ला भित्रका विभिन्न अतिरिक्त हुलाक कार्यालयमा कार्यरत रही अवकाश प्राप्त गरेका पत्र वितरक,डाक वाहक तथा हुलाक प्रतिनिधिहरुलाई उपहार स्वरूप झोला,छाता,डायरी,कलम र कदर पत्र प्रदान गर्दै ससम्मान विदाई गरिएको छ।
जि.हु.का मलंगवाका लेखापाल राकेश कुमार साहले संचालन गरेको कार्यक्रममा कार्यालयका कर्मचारीहरु दिपेन्द्र यादव,सुप्रिया कुमारी चौधरी ,राजेश राय लगायत विभिन्न अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्:

