Loktantra Khabar National Weekly
Ad

कपिल शर्माको शोमा पुगे पपस्टार एड सिरन

लोकतन्त्र खबर
३ जेष्ठ २०८१

काठमाडौं । ग्रामी अवार्ड विजेता बेलायती गायक एड सिरन कपिल शर्माको नेटफ्लिक्स शो ‘द ग्रेट इण्डियन कपिल शर्मा शो’मा अतिथिको रुपमा सहभागी हुने भएका छन् । सार्वजनिक गरिएको नयाँ एपिसोडमा सिरन कपिलको उक्त शोमा पुगेको देखिएको छ ।

सिरनलाई स्वागत गर्दै कपिल भन्छन्– ‘तपाईं उमेरमा मभन्दा कान्छो तर अंग्रेजीमा म तपाईंभन्दा कान्छो हुँ ।’

प्रोमोको छोटो दृश्यमा एडले आफ्नो बहुचर्चित गीत ‘सेप अफ यु’लाई भारतीय टचमा गाउँदै गरेको देखिन्छ । यस बाहेक उनले बलिउड अभिनेता शाहरुख खानको आइकोनिक पोज रिक्रिएट गरेको पनि देखिन्छ ।

कपिलले प्रोमोमा सिरनलाई भनेका छन्- ‘मैले तपाईंको भिडियो हेरें, तपाईं शाहरुखको घरमा जानुभयो । उहाँलाई भेट्नुभयो ।’ जवाफमा सिरनले ‘दिलवाले दुल्हनियाले जाएंगे’को सदाबहार संवादमार्फत कपिलको बयानको जवाफ दिंदै भनेका छन्, ‘ठूला-ठूला सहरमा यस्ता साना-साना कुरा भइरहन्छन् ।’

दुई महिनाअघि पनि मुम्बई पुगेका गायक सिरनले केही बलिउड सेलिब्रेटीसँग पार्टी गरिरहेको देखिएको थियो । शाहरुखले आफ्नो इन्स्टाग्राममा सिरनसँगको भिडियो सेयर गरेका थिए । सो भिडियोमा शाहरुख आफ्नो सिग्नेचर पोजमा देखिएका थिए ।

सिरनको यो दोस्रो भारत भ्रमण हो । सन् २०१७ मा पनि भारतमा आएका सिरनले त्यतिबेला कन्सर्ट गरेका थिए । सिरनले सन् २०१६ मा ‘वर्षगीत’ र ‘बेस्ट पप सोलो पर्फमेन्स’ विधामा ग्रामी अवार्ड जितेका थिए । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: