Loktantra Khabar National Weekly
Ad

सिराहामा छिमेकीको कोदालो प्रहारबाट एक पुरुषको मृत्यु

लोकतन्त्र खबर
३ जेष्ठ २०८१

सिराहा । सिराहाको अर्नमा गाउँपालिकामा छिमेकीको कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ । खेतको सीमानाको सवालमा विवाद हुँदा अर्नमा २ ब्रहमपुरिका ५५ वर्षीय बाचाई महतोको कोदालो प्रहारबाट उही उमेरका बुधराम महतोको घटनास्थलमै मृत्यु भएको हो ।

लामो समयदेखि जमिन विवाद रहेका उनीहरूबिच आज बिहान खेतमै भेट भएको थियो । भेटका क्रममा  विवाद चर्किएर कोदालो प्रहार गर्दा बुधरामको मृत्यु भएको वडा अध्यक्ष दीपेन्द्र महतोले जानकारी दिए ।

वडा अध्यक्ष यादवले उनीहरूबिच लामो समयदेखि जमिनको विषयमा मुद्दा चलिरहेको बताए । जमिनकै विवादका कारण आज यस्तो घटना भएको अध्यक्ष यादवको भनाई छ । घटना लगतै बचाई फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । शव घटनास्थलमै रहेको छ ।  बुधराम लामो समयदेखि विष्णुपुर चोकमा ग्यास सिलिन्डर, बिउबिजन तथा कीटनाशक विषादीको पसल सञ्चालन गर्दै आएका थिए ।    रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: