Loktantra Khabar National Weekly
Ad

सुन तोलामा १ हजार बढ्यो, चाँदीको मूल्य हालसम्मकै उच्च

लोकतन्त्र खबर
२ जेष्ठ २०८१

काठमाडौं जेठ २ , बुधबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलामा १ लाख ३८ हजार ४ सय रुपैयाँ तय गरेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा सुन कारोबार भएको थियो । सुनको भाउ यसअघि वैशाख ९ गते हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको मूल्यमा भने नयाँ रेकर्ड बनेको छ । यसअघि वैशाख ९ गते र हिजो प्रतितोला १ हजार ७४० रुपैयाँको उच्च रेकर्ड बनाएको चाँदी आज १ हजार ७४५ रुपैयाँ कायम भएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: