Loktantra Khabar National Weekly
Ad

‘सरफरोस २’ को तयारीमा आमिर खान, भन्छन्- स्क्रिप्टको काममा लागिरहेका छौं

लोकतन्त्र खबर
३० बैशाख २०८१

काठमाडौं । बलिउड सुपरस्टार आमिर खानले आफ्नो हिट फिल्म ‘सरफरोस’को दोस्रो श्रृंखला ल्याउन आफू लागिपरेको बताएका छन् । फिल्मको स्क्रिप्टमा गम्भीरतापूर्वक काम भइरहेको उनले जनाएका छन् ।

आमिरको करिअरको उत्कृष्ट फिल्ममध्ये एक मानिएको जोन म्याथ्यू म्याथन निर्देशित फिल्मले शुक्रबार २५ वर्ष पूरा गरेको छ ।

‘मैले धेरै वर्षदेखि जोन (निर्देशक)लाई सरफरोस २ बनाउन भनिरहेको थिएँ । साथै यो फिल्मको दोस्रो भाग बनाउन सकियोस् भनेर फिल्मको अन्त्य भयो,’ आमिरले भने, ‘यदि उनले राम्रो कथा लेख्छन् भने हामी सरफरोश २ बनाउन सक्छौं भनेर मैले भनेको छु । यसपटक उनले यो कामका लागि प्रयास भइरहेको बताएका छन् ।’

उनले अगाडि भने, ‘म एउटा कुरा प्रतिबद्ध गर्न सक्छु कि हामी पक्कै पनि यसलाई एक गम्भीररुपमा अघि बढाउन सक्छौं । यसको लागि सही स्क्रिप्ट र सही प्रकारको फिल्म (भाग दुई) लिएर आउँदैछौं ।’

सन् १९९९ मा अप्रिल ३० मा रिलिज भएको ‘सरफरोस’ले राम्रो समीक्षा प्राप्त गरेको थियो । व्यावसायिक हिट पनि भयो । यसले उत्कृष्ट फिल्मका लागि राष्ट्रिय चलचित्र पुरस्कार पनि जित्यो ।

यो फिल्मको कथा एक इमान्दार पुलिस अफिसर अजय सिंह राठौर (आमिर खान)को वरिपरि घुम्छ, जसले एक प्रसिद्ध पाकिस्तानी गजल गायक गुलफाम हसन (नसीरुद्दीन शाह)लाई भेट्छ र साथी बनाउँछ । राजस्थानमा हतियार तस्करीको अनुसन्धान गर्दा ठूलो षड्यन्त्रको पर्दाफास गर्दा राठौरको जीवनले नयाँ मोड लिन्छ ।

सरफरोसले २५ वर्ष पूरा गरेकोमा आफूलाई विश्वास नै नलागेजस्तो भएको आमिरले बताए । ‘यो फिल्म मेरो दिमागमा अझै ताजा छ र यो दुई-चार वर्षअघि रिलिज भएको जस्तो देखिन्छ । मैले यो फिल्म धेरै पटक हेरेको छु र मैले यो हेरेको धेरै समय भयो,’ उनले भने, ‘म ठोकुवा गर्न सक्छु, यदि हामीले यो फिल्म रिलिज गर्छौं भने यति राम्रो फिल्म भएकाले हलमा दर्शक फेरि पनि हेर्न आउनेछन् ।’

‘सरफरोस’को विशेष स्क्रिनिङमा अभिनेत्री सोनाली ब्रेन्द्रे पनि थिइन् । उनले यो फिल्म आज पनि उत्तिकै सान्दर्भिक रहेको बताइन् ।

‘हामीलाई थाहा थियो यो फरक फिल्म हो तर यो कल्ट बन्नेछ भनेर हामीले सोचेका थिएनौं । केही दिनअघि मैले पूरै फिल्म हेरें र मलाई आज पनि उत्तिकै सान्दर्भिक र राम्रो लागेको छ,’ उनले भनिन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: