Loktantra Khabar National Weekly
Ad

सुनको भाउ ५ सय बढ्यो

लोकतन्त्र खबर
३० बैशाख २०८१

काठमाडौं  वैशाख ३०, आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ मूल्य तय गरेको छ ।

यसअघि शुक्रबार १ लाख ३७ हजार ९ सय रुपैयाँ कायम भएको थियो । यसअघि सुन वैशाख ९ गते हालसम्मकै उच्च तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ७३५ रुपैयाँ रहेको चाँदी आज १ हजार ७२५ रुपैयाँ कायम भएको छ । वैशाख ९ गते चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला १ हजार ७४० रुपैयाँ कायम भएको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: