Loktantra Khabar National Weekly
Ad

रुकुममा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

लोकतन्त्र खबर
२८ बैशाख २०८१

सुर्खेत  वैशाख २८, रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आठबिसकोट नगरपालिका–९ राडी बजारबाट जाजरकोटको रिम्नातर्फ जाँदै गरेको ट्याक्टर आठबिसकोट –१४ छेपारेमा शुक्रबार मध्याह्न दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी नवराज पोखरेलले दुर्घटनामा परी तीन जना घाइते भएको बताएका छन् ।

घाइतेहरूलाई उपचारका लागि मिसन अस्पताल चौरजहारी पठाइएको छ । ‘मृतकको र घाइतेहरूको सनाखत भएको छैन,’ डिएसपी पोखरेलले भने । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: