Loktantra Khabar National Weekly
Ad

जलेश्वर कारागारमा रहेका तपस्वी बम्जनकाे पेसी जेठ २ गतेको लागि सर्यो

लोकतन्त्र खबर
२५ बैशाख २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही, वैशाख २५

‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागारमा रहेका ‘तपस्वी’ रामबहादुर बम्जन विरुद्धको मुद्धाकाे पेशी जेठ २ गतेको लागि सरेकाे छ ।

बम्जनका वकिलले साेमबारकाे पेशी सार्न निवेदन दिएपछि अर्काे पेशी जेठ २ गतेको लागि सरेकाे हो।

गएको पुस २६ गते जिल्ला न्यायाधिश विष्णुप्रसाद रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षका लागि कारागार चलान गर्नआदेश दिएपछि हाल उनी महाेत्तरी कारागार जलेश्वरमा रहेको सर्लाही अदालतका स्रेस्तेदार शदन अधिकारीले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्: