Loktantra Khabar National Weekly
Ad

प्रहरी कुटेको आरोपमा तीन जना पक्राउ

लोकतन्त्र खबर
२३ बैशाख २०८१

स्याङ्जामा प्रहरी कुटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

शनिबार राति साढे १० बजे वालिङ नगरपालिका वडा नम्बर १३ बायाँटारीस्थित झोलुंगे बजारमा झडप भएको थियो।

मादक पदार्थ सेवन गरी दुई पक्षबीच झडप भएको भन्ने खबर प्रहरीले प्राप्त गरेको थियो।

उक्त खबरपछि प्रहरी चौकी थुमपोखराका प्रहरी सहायक निरीक्षक मनोज सिंहसहित तीन जनाको टोली खटिएको थियो।

टोलीले झडप गर्नेहरूलाई सम्झाउन खोज्दा उल्टै प्रहरीमाथि कुटपिट गरेको डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।

कुटपिटबाट सिंह घाइते समेत भएका छन्। उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ।

उनीमाथि कुटपिट गरेको आरोपमा वालिङ-१२ कोखेका २८ वर्षीय रविन गुरूङ, २५ वर्षीय काजी गुरूङ र २४ वर्षीय सुदिप गुरूङ पक्राउ परेका छन्।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: