काठमाडौं । स्वीस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटले ग्लोबल आईएमई बैंक लिमिटेडलाई लगानी गर्ने भएको छ ।
१० मिलियन अमेरिकी डलर अर्थात करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।
सम्झौतामा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्वीस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गरे ।
उक्त लगानीलाई बैंकले कृषि, लघु, साना तथा मझौला व्यवसायमा वित्तीय पहुँच बढाउन परिचालन गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्:

