Loktantra Khabar National Weekly
Ad

२७५ करोड भारुमा नेटफ्लिक्सले किन्यो ‘पुष्पा २’ को ओटीटी राइट

लोकतन्त्र खबर
१६ बैशाख २०८१

काठमाडौं । अल्लु अर्जुन स्टारर आगामी फिल्म ‘पुष्पा २ : द रुल’को हाइप यतिबेला विश्वव्यापी छ । फिल्मले रिलिजअघि नै १२ सय करोड भारु कमाएको खबर बाहिर आएको थियो ।

यतिबेला यो फिल्मलाई लिएर नयाँ खबर छ, अभिनेता अल्लु अर्जुनले पारिश्रमिकमा ३० प्रतिशत वृद्धि गरेका छन् । यसअघि उनले १०० करोड भारु लिने गर्थे । अहिले उनको पारिश्रमिकमा वृद्धि भएको छ । अहिले पारिश्रमिक बढाएर १५० करोड भारु पुर्‍याएको बताइएको छ ।

१५ अगस्ट २०२४ मा रिलिज हुन लागेको ‘पुष्पा २’ को प्रि-रिलिज कलेक्सनको बारेमा केही जानकारी बाहिर आएको छ । यो फिल्मको हिन्दी डब संस्करणका लागि वितरण राइट २०० करोड भारुमा बिक्री भएको समाचार गत साता आएको थियो ।

नयाँ खबरअनुसार निर्माताले दक्षिण भारतमा २७० करोड भारुमा वितरण राइट बिक्री गरेका छन् । अर्थात् रिलिज हुनुअघि नै कुल ५७० करोड भारुको सम्झौता भइसकेको छ ।

यसबाहेक, फिल्मको स्ट्रिमिङ राइट २७५ करोड भारुमा बिक्री भएको जनाइएको छ । ओटीटी प्लाटफर्म नेटफ्लिक्सले फिल्मको ओटीटी राइट खरिद गरेको जनाइएको छ ।

यससँगै अडियो र स्याटलाइट राइट्सको डिलको बारेमा पनि जानकारी दिइएको छ र निर्माताले ४५० करोड रुपैयाँ भारु कमाएको बताइएको छ । यसरी प्रि-रिलिजको समयमा नै फिल्मले १ हजार २९५ करोड कमाइ गरेको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: