Loktantra Khabar National Weekly
Ad

महोत्तरीको मठिहानी स्थित जरलहवा टोलमा भिषण आगलागी,सयभन्दा बढी घरहरु जलेर नष्ट

लोकतन्त्र खबर
१२ बैशाख २०८१

लोकतन्त्र समाचारदाता—
महोत्तरी,बैशाख १२

महोत्तरीको मटिहानी नगरपालिका वडा न-६ स्थित जरलहवा गाछी टोलमा भिषण आगलागी भएको छ।आज(बुधबार) भएको आगलागीबाट उक्त बस्तिका एकसय भन्दा बढी घरहरु जलेर नष्ट भएको मठिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल जनाएको छ।

मठियानी नगरपालिकाको वारुणयन्त्र सहित जलेश्वर,गौशला,रामगोपालपुर , जनकपुरधामलगातका पालिकाबाट पठाइएका वारुण यन्त्रहरुको मद्दतले आगलागी नियन्त्रणको प्रयास भइरहेको मेयर मण्डलले जानकारी गराएको छ ।

उनले अन्यन्त्रबाट समेत बारुण यन्त्र झिकाउने प्रयास भइरहेको बताए ।

यतिबेला हावा चलिरहेकोले आगो फैलिन नदिनको लागि नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली स्थानीयबासीहरु सँग मिलेर आगो नियन्त्रण गर्ने प्रयास जारी रहेको छ।

मानवीय तथा अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्: