राजिव साह–
सर्लाही, वैशाख१२,
सर्लाहीमा ५ बर्ष देखी १२ बर्ष उमेर समुहका ८ हजार२ सय ७७ जना बालबलिका विधालयको पहुच बाहिर रहेको छ । चेतनास्तरको अभावले हजारौ बालबलिका विधालय पहुच बाहिर रहेको छ । सर्लाहीमा भर्ना अभियान नारामा सिमित देखिन्छ ।
सबै भन्दाबढी जिल्लाको बरहथवा नगरपालिका ८सय ३२ जना बालबलिका विधालय बाहिर रहेका छन् भने सबै भन्दा कम पर्सा गाउँपालिका २सय ४२ जना बालबलिका विधालय पहुच बाहिर रहेको तथ्यांक शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीले सार्वजनिक गरेको छ ।
बरहथवा नगरपालिका अन्र्तगत ३ सय ६९ जना बालिका र ४सय ६३ जना बालक पठनपाठनबाट बञ्चित रहेको प्राविधिक साहायक सुनिल कुश्वाहाले बताए ।
त्यसै गरि पर्सा गा.पा अन्र्तगत १सय १५ जना बालिका र १सय २७ जना बालक विधालय पहुच बाहिर रहेको तथ्याकले देखाउछ ।
जिल्लामा बढदो गरिबीले बालमजदुरी र चेतनास्तरको अभाव,बेलामै अभिवाबकले भर्ना नगरिदिँदा बालबालिका विधालय पहुच बाहिर रहेको देखिन्छ ।

