Loktantra Khabar National Weekly
Ad

डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

लोकतन्त्र खबर
११ बैशाख २०८१

डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

अमरगढी नगरपालिका–७ का अन्दाजी ६० वर्षीय केशव भट्टराईकाे मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको हाे। मृतक भट्टराई ०५४ सालका वडाध्यक्ष पनि हुन्। ०७४ र ०७९ मा पनि वडाध्यक्षमा चुनाव लडेका उनी पराजित भएका थिए।

मंगलबार  जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से१ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना भएको थियाे।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार दुर्घटनामा सोही ठाउँका अन्दाजी ३२ वर्षीय चेतराज भट्टराई (रोचन) घाइते भएका छन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

उनकाे स्वास्थ्य अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: