Loktantra Khabar National Weekly
Ad

‘दे दे प्यार दे २’मा हुनेछ अजय र अनिलको नोकझोंक

लोकतन्त्र खबर
१० बैशाख २०८१

काठमाडौं । बलिउडको चर्चित कमेडी श्रृंखला ‘दे दे प्यार दे २’ निर्माण हुने चर्चा केही समयदेखि चलिरहेको छ । सिक्वेलमा अजय देवगण, लभ रञ्जन र भूषण कुमारले सहकार्य गर्ने चर्चा पनि छ ।

जहाँनिर अघिल्लो भाग सकिएको थियो, त्यही प्लटदेखि दोस्रो श्रृंखला सुरु हुने पिंकभिल्लाले उल्लेख गरेको छ । दोस्रो सिक्वेलले रकुल प्रीत सिंहको परिवारमा चलेको ५० वर्षका पात्र आशिष र २० वर्षकी आयशा पात्रको रोमान्सको कथा भन्ने जनाइएको छ ।

यस्तोमा यो फिल्मलाई लिएर नयाँ खबर छ । यो फिल्मको छायांकन जुन २०२४ देखि लण्डनमा सुरु हुँदैछ । साथै, यो फिल्मको शीर्ष भूमिकामा अनिल कपुर पनि अनुबन्धित भएका छन् ।

‘अनिलले यो फिल्मको कन्सेप्ट सुनेपछि तत्काल फिल्म खेल्न स्वीकृति जनाए । दे दे प्यार दे २ मा अजय र अनिलको चरित्रसँगै हास्य तत्व अघिल्लो भागमा भन्दा बढी हुनेछ,’ खबरमा भनिएको छ ।

अजय र अनिलका दुई पात्रबीच नोकझोंक फिल्मको कथावस्तुको रोचक पक्ष हुने जनाइएको छ । यसअघि कहिल्यै सेयर नगरेको चरित्रमा देखिन लागेकोमा यी दुई उत्साहित छन् ।

सिक्वेलले रकुल र अजयको कमेडीलाई पछ्याउँछ, जहाँ उनीहरु परिवारको मन जित्ने कोसिस गर्छन् । अनिलले यो सिक्वेलमा रकुलको बुवाको चरित्र निर्वाह गर्न सक्ने भनिएको छ ।

यो फिल्मलाई लभ रञ्जन र तरुण जैनले मिलेर लेखेका हुन् । यो फिल्मको प्रदर्शन १ मे २०२५ मा हुने उल्लेख छ । अंशुल शर्माले निर्देशन गर्ने यो फिल्मलाई रोमान्टिक कमेडी जनरामा राखिएको छ ।  अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: