Loktantra Khabar National Weekly
Ad

उच्च मूल्यबाट ११ सय घट्यो सुन

लोकतन्त्र खबर
१० बैशाख २०८१

काठमाडौं  वैशाख १०, सोमबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३८ हजार २ सय रुपैयाँमा झरेको हो ।

आइतबार र शुक्रबार सुन प्रतितोला १ लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो, जुन मूल्य हालसम्मकै उच्च हो ।

चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७०५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: