Loktantra Khabar National Weekly
Ad

उच्च मूल्यबाट ६ सय घट्यो सुन

लोकतन्त्र खबर
६ बैशाख २०८१

काठमाडौं  वैशाख ६, बुधबार हालसम्मकै उच्च रेकर्ड बनेको सुनको भाउ बिहीबार घटेको छ । आज तोलामा ६ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार तोलामा १ लाख ३९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएकोमा आज १ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ ।

अघिल्लो कारोबार दिन तोलाको १ हजार ७१५ रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ७२५ रुपैयाँमा कायम भएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: