Loktantra Khabar National Weekly
Ad

सल्यानमा बस दुर्घटना, थप विवरण आउन बाँकी

लोकतन्त्र खबर
५ बैशाख २०८१

सल्यान । सल्यानमा बस दुर्घटना भएको छ । बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा केहिबेर अघि बस दुर्घटना भएको हो ।  बस पल्टिएर सडकभन्दा तल खसेको छ । १ ख २०८५ नम्बरको यात्रुबहाक बस दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गरेको बुझिएको छ।

अहिले नेपाल प्रहरी र स्थानिय घटनास्थलमा पुगेर उद्धारको काम भैरहेको र क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: