Loktantra Khabar National Weekly
Ad

२७२ किलो गाँजासहित कन्टेनर र चालक नियन्त्रणमा

लोकतन्त्र खबर
४ बैशाख २०८१

रुपन्देहीको रोहिणी गाउँपालिका–१ स्थित हुलाकी सडकखण्ड अन्तर्गत बाइपास इलाकाबाट २७२ किलो ३३ ग्राम गाँजासहित एउटा कन्टेनर र चालकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपालबाट भारत जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरलाई विशेष सूचनाको आधारमा जाँच गर्दा चालकको सिटमाथि फल्स बटम बनाई लुकाएर लैजाँदै गरेको गाँजा फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

नं. २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापामगरको कमाण्डमा खटिएको टोलीले गाँजा फेला पारेपछि कन्टेनर र भारत घर भएका ३६ वर्षीय चालक सतनम सिंहलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका सिंहलाई बरामद गाँजा र ट्रकसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: