Loktantra Khabar National Weekly
Ad

खाजा घरमा जुवातास खेलिरहेका ६ जना पक्राउ

लोकतन्त्र खबर
४ बैशाख २०८१

कास्की । पोखरा महानगरपालिका-१७ बिरौटा काउछेघारीस्थित निशा गुरुङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । प्रहरीले सोही ठाउँ बस्ने ५३ वर्षीय प्रेम बहादुर मल्ल समेत ६ जनालाई सोमबार साँझ पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद १५ हजार ४ सय २० रुपैयाँ र २ बुक तास बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: