काठमाडौं वैशाख ३ ,सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन तोलामा १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ ।
अघिल्लो कारोबार दिन प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७१५ रुपैयाँ कायम भएको छ । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्:

