सर्लाही,बैशाख २
सर्लाहीका पुर्व माननीय सांसद प्रमोद साह घाइते हुनुभएको छ ।
सर्लाही ईश्वरपुर नगरपालिका स्थित ५-६ जना युवाहरुको समुहको आक्रमणले पुर्व संघिय सांसद प्रमोद साह घाइते हुनुभएको प्रहरीले जनाएको छ ।उहाँको उपचार काठमाडौमा भैरहेको हो ।
बैशाख १ गते उहा नयाँ साल मनाएर आउने क्रममा फुलजोर मन्दिर नजिक युवाहरुको समुहले गाली गालीगलौज गर्नुका साथै आक्रमण गरेको बुझिएको छ ।
रक्सी सेवन गरेका युवाहरुको समुहले पुर्व सांसद साह माथी आक्रमण भएको बुझिएको छ ।
साह माथी आक्रमण गर्ने ईशवरपुर-६ का ३ जना युवालाई पक्राउ गरि थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय ईश्वरपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्:

