Loktantra Khabar National Weekly
Ad

धादिङमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

लोकतन्त्र खबर
२ बैशाख २०८१

काठमाडौं वैशाख २ , धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ट्रकमा सवार ८ जना घाइते भएका छन् ।

नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले बताए ।

घाइते ८ जनालाई उद्दार गरी जिल्ला अस्पताल धादिङतर्फ ल्याइँदै गरेको एसपी मिश्रले जानकारी गराए । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: