Loktantra Khabar National Weekly
Ad

सुन ५ सयले बढ्यो, चाँदी १७ सय पुग्यो

लोकतन्त्र खबर
२८ चैत्र २०८०

काठमाडौं चैत २८ , सुनको भाउ बुधबार तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ३६ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएकोमा आज १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यो मूल्य अहिलेसम्मकै उच्च हो । दैनिक मूल्य बढिरहँदा उच्च रेकर्ड बनिरहेको छ । चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी प्रतितोला १ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी तोलामा १५ रुपैयाँ बढेको हो । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: