Loktantra Khabar National Weekly
Ad

मलंगवामा महायज्ञ पहिलो दिन आज भब्य कलश यात्रा ब्यबस्थापनका लागि बाक्लो प्रहरी परिचालन

लोकतन्त्र खबर
२७ चैत्र २०८०

राजिव साह –
सर्लाही,चैत्र २७

सर्लाहीको मलंगवा नगरपालिका नेपाल-भारत सिमा स्थित जिल्ला भन्सार कार्यालय दशगजामा आज २०८०/१२/२७ गते मंगलबार देखि महाविष्णु महायज्ञ एवं नवाह पाठ तथा बनारसको प्रसिद्ध कथा वाचक द्वारा श्री गौ कथा, रामलिला एवं श्री सताराम नाम जप सुरु तथा दश दिवसीय भब्य मेला सुरु भएको छ ।

आज पहिलो दिन कलश यात्रा र त्यसपछि उद्घाटनको कार्यक्रम गरि यज्ञ प्रारम्भ भएको आयोजक महा यज्ञ समितिले जनाएको छ ।

कलश यात्रालाई व्यवस्थापन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी,ट्राफिक प्रहरी र युवा स्वयंसेवक परिचालन गरिएको हो ।

महा यज्ञ बैशाख ७ गते सम्म चल्ने समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्: