Loktantra Khabar National Weekly
Ad

सुनसरीमा २ समूहबीच झडप, ६ राउण्ड गोली चल्यो

लोकतन्त्र खबर
२३ चैत्र २०८०

विराटनगर  चैत २३, सुनसरीको भुटाहामा दुई समूहबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ ।

हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररुप लिएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको हो । प्रहरीले ११ राउण्ड अश्रूग्यास पनि प्रहार गरेको छ ।

दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक सिग्देलले दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा ६ राउण्ड हवाइ फायर गरेको बताए ।

उनका अनुसार दुई पक्षबीचको झडपमा चार जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको छ । झुटाहा अहिले पनि दुई समूहबीच विवाद भइरहेको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: