Loktantra Khabar National Weekly
Ad

१ हजार बढ्यो सुन

लोकतन्त्र खबर
२२ चैत्र २०८०

काठमाडौं  चैत २२, अघिल्लो दिन प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेको सुन बिहीबार पनि १ हजारले बढेको छ । बिहीबार प्रतितोला १ लाख ३४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बजारमा सुनको मूल्यमा एकपछि अर्को नयाँ रेकर्ड बन्दै गएको छ ।

यसअघि आइतबार १ लाख ३० हजारमा कारोबार भएको सुन सोमबार फेरि १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो । मंगलबार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा कारोबार भएको थियो भने बुधबार १ लाख ३३ हजार पुगेको थियो ।

सुनको मात्रै नभइ चाँदीको पनि मूल्य बढ्दै गएको छ । बुधबार तोलाको १ हजार ६१० मा कारोबार भएको चाँदी बिहीबार १ हजार ६५० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्य बढ्दै गएपछि नेपाली बजारमा असर परिरहेको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: