Loktantra Khabar National Weekly
Ad

तनहुँमा बालिका बलात्कार अभियोगमा एक युवकलाई १९ वर्ष कैद

लोकतन्त्र खबर
२१ चैत्र २०८०

दमौली (तनहुँ)  चैत २१, तनहुँ जिल्ला अदालतले बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक अभियुक्तलाई १९ वर्ष कैद फैसला सुनाएको

जिल्ला न्यायाधीश आत्मदेव जोशीको मङ्गलबारको इजलासले म्याग्दे गाउँपालिका का सन्दीप विकलाई १९ वर्ष कैद फैसलाको निर्णय गरेको हो

साथै अभियुक्तबाट पीडितलाई एक लाख क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालतका से्रस्तेदार केशवप्रसाद पौडेलले राससलाई जानकारी दिए

उक्त मुद्दामा तनहुँ जिल्ला अदालतमा आठ पटक पेसी तोकिएको थियो परिवर्तित नाम २०७९ () लाई जबर्जस्ती करणी गरेको अभियोगमा निजविरुद्ध विसं २०७९ साउन २६ गते जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो

आरोपितविरुद्ध बालिकाका आफन्तले विसं २०७९ साउन गते इलाका प्रहरी कार्यालय भिमादमा उजुरी दिएका थिए

आरोपितले विसं २०७९ असार २९ गते पोखराकी उक्त बालिकालाई मोटरसाइकलमा तनहुँको भिमाद बजारमा ल्याई एक गेष्ट हाउसमा राखी बलात्कार गरेको पीडित परिवारले उजुरीमा उल्लेख गरेका थिए

प्रहरीले विकलाई साउन गते पक्राउ गरेको थियो प्रहरीले आरोपितविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमाफत साउन २६ गते बलात्कारसम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता गरेकामा अदालतको आदेशमा साउन २७ गतेदेखि उनी पुर्पक्षका लागि थुनामा थिए अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: