Loktantra Khabar National Weekly
Ad

उच्च मूल्यबाट घट्यो सुनको भाउ

लोकतन्त्र खबर
२० चैत्र २०८०

काठमाडौं  चैत २०,  सोमबार उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार भने केही घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । आज भने ४ सय रुपैयाँ घटेर १ लाख ३१ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य केही घटे पनि चाँदी भने बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ बढेर १ हजार ५४५ रुपैयाँ कायम भएको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: