Loktantra Khabar National Weekly
Ad

कर्णालीका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने

लोकतन्त्र खबर
१८ चैत्र २०८०

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् । मंगलबार विश्वासको मत लिनेगरी प्रदेश सचिवालयमा औपचारिक जानकारी आएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले रातोपाटीलाई  जानकारी दिए ।

उनका अनुसार प्रदेशसभामा सचिवालयमा आज बिहान १० बजे नै पत्र प्राप्त भएको छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था छ ।  सोही अनुरूप मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिन लागेका हुन् । केन्द्रको समीकरण बदलिएसँगै सरकारका सहभागी नेपाली कांग्रेस गत फागुन २२ गते सरकारबाट बाहिरिएको थियो ।

मुख्यमन्त्रीले विश्वासको मत लिन लागे पनि अहिलेसम्म नेतृत्वको टुङ्गो भने लागिसकेको अवस्था छैन । कर्णालीमा एमालेले पनि दाबी गरेकाले अहिलेसम्म केन्द्रले टुङ्गो लगाउन नसकेको हो ।  स्रोतका अनुसार मुख्यमन्त्री शर्माले आज बिहान एमाले संसदीय दलका नेता यामलाल कँडेलसँग छलफल गरेका छन् । वीरेन्द्रनगरको भैरवस्थानमा रहेको कँडेल निवासमै पुगेर शर्माले छलफल गरेका हुन् ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: