Loktantra Khabar National Weekly
Ad

दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ

लोकतन्त्र खबर
१५ चैत्र २०८०

सुर्खेत। दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको सट्टामा परीक्षा दिन बसेका १७ वर्षीय किशोर पक्राउ परेका हुन् ।

दैलेख प्रहरीका‌ अनुसार पक्राउ परेका किशोर महावु गाउँपालिकाको गैडाबाज मावि रानीवनका‌ हुन् । प्रहरीले नाम भने खुलाएको छैन। नियमित एसईई परीक्षार्थी भाइका लागि नक्कली परीक्षार्थी बनेका उनी त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी हुन् ।

मुखमा मास्क लगाई आएका र प्रवेश पत्रको फोटो पछि टाँसेको देखेर सोधिखोजी गर्दा पत्ता लागेको प्रहरीले जनाएको छ। रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: