Loktantra Khabar National Weekly
Ad

सुनको मूल्य बढ्दा चाँदी घट्यो

लोकतन्त्र खबर
१४ चैत्र २०८०

काठमाडौं  चैत १४, बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेपछि बुधबार तोलाको १ लाख २६ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । अघिल्लो दिन १ लाख २६ हजार ४ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ४९० रुपैयाँ कायम भएको छ ।  अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: