Loktantra Khabar National Weekly
Ad

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

लोकतन्त्र खबर
२० फाल्गुन २०८०

बर्दिया । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका-२ गौरिपारा बस्ने ३० वर्षीय बिकाश थारू रहेका छन् ।

थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा  ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रातोपाटी संवाददाता

 

प्रतिक्रिया दिनुहोस्: