Loktantra Khabar National Weekly
Ad

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

लोकतन्त्र खबर
२३ माघ २०८०

काठमाडौं माघ २३ , मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार १ लाख १८ हजार रुपैयाँमा झरेको छ ।

महासंघका अनुसार मंगलबार तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

विगत ३ दिनमा सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँ घटेको छ । आइतबार ६ सय, सोमबार ४ सय र मंगलबार ५ सय रुपैयाँ मूल्य घटेको हो ।

त्यस्तै चाँदीको मूल्य भने स्थिर छ । सोमबार प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही दरमा कारोबार भइरहेको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: