काठमाडौं फागुन १७, बिहीबार सुनको भाउ बढ्दा चाँदीको स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा २ सय रुपैयाँ बढेको छ ।
बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार १ लाख १८ हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । विगत दुई सातामा सुनको मूल्य १ हजार ९ सय रुपैयाँ बढेको छ । फागुन ३ गते सुनको मूल्य तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार पनि अघिल्लो दिनकै मूल्य तोलामा १ हजार ३७५ रुपैयाँमा चाँदीको कारोबार भएको छ । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्: